नियम २०
पुलिन्दा भित्र राखी हुलाकद्वारा पठाउन निधेष गरिएका वस्तुहरू
देहायका वस्तुहरू पुलिन्दा भित्र राखी हुलाकद्वारा पठाउन निषेध गरिएको छः
(१) ऐन वा यो नियमावली अन्तर्गत निधेष गरिएको वा निषेध हुने वस्तु,
(२) नेपाल सरकारद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल भित्र बाहिर आयात निर्यात गर्ने वा एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान मनाही गरिएका वस्तुहरू,
(३) नेपाल सरकारद्वारा यस सम्बन्धमा अधिकार प्राप्त पदाधिकारीद्वारा नेपाल ………… भित्र बाहिर आयात निर्यात गर्न वा एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान मनाही भएका वस्तुहरू,
(४) वैज्ञानिक तथा डाक्टरी उपयोगमा आउने वस्तुहरू बाहेक अन्य मादक पदार्थहरू,
(५) माहुरी, रेशमी कीरा वा नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थाहरूका बीच आदान प्रदान भएका खराब कीटाणुनाशक कीटाणु भन्दा बाहेक अन्य जीवित कीटाणुहरू, वा (६) भन्सार महसुल लाग्ने चीजहरूलाई छल्ने किसिमबाट पठाइएका वस्तुहरू ।